सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।      

यसअघिको निर्वाचनमा उनी सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए । त्यसबखत उनी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग  पराजित भएका थिए ।  

Share News