एनएमबि बैंकले ल्यायो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकता अनुसार ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो ।

बैंकका अनुसार यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई अझ सहज र प्रिमियम बनाउने अपेक्षा गरिएको छ । नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थल लाउन्जको सुविधा पनि प्राप्त गर्नेछन् (सर्तहरू लागू हुने) ।

विशेषगरी धेरै यात्रा गर्ने तथा बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने बैंकको विश्वास छ । यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका जुनसुकै बैंकका एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा पनि विशेष सहुलियत पाउनेछन् ।

डिजिटल बैंकिङमा अग्रणी रहने लक्ष्यसहित एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव दिन यी अत्याधुनिक सुविधाहरू ल्याएको जनाएको छ । बैंकका अनुसार नयाँ कार्डका विशेषताहरूले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेछन् ।

यी नयाँ कार्डबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले नजिकको एनएमबि बैंक शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमार्फत जानकारी लिन सक्नेछन् ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

Share News