युनाइटेड अजोड इन्स्योरन्सका सिईओ गौतमले दिए राजिनमा

काठमाडौं । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले राजीनामा दिएका छन्  । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हिजो (मंसिर ५ गतेदेखि नै लागू हुने गरेर राजीनामा स्वीकृत गरेको कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्ययले जानकारी दिए ।

कम्पनीका अनुसार उनले राजिनमा पत्रमा व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् । गौतमलाई  कम्पनीले २०८१ मंसिर २६ गते बसेको बैठकले सिईओमा नियुक्त गरेको थियो । कम्पनीमा उनले एक वर्ष बिताएका छन् । ​​​​​

सिईओ गौतमको राजिनमासँगै कम्पनीले निमित्त सिईओमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) रेना रिजाललाई नियुक्त गरेको छ । 

Share News