सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ र चाँदी तोलामा १७० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल पाँच हजार ४८५ रुपैयाँ कायम भएको छ । 

बुधबार एक तोला सुन दुई ७८ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रुपैयाँमा कारोबार  भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । 

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

Share News