काठमाडौं । सिटिजन्स बैंकबाट एकैपटक ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ९० हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार संस्थापक सेयरधनी बासुदेव घिमिरेले १ लाख ६३ हजार ६५१ कित्ता, नेत्रलाल बनले ७५ हजार ७७२ कित्ता र झविन्द्र भण्डारीले ५१ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।
बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्यभन्दा बढी कबुल गरी आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।