न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार जरिवाना, १८ फर्ममा विभागको निरीक्षण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो ।

विभागले नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो । 
 

null​​​​​​​

 

Share News