काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपाली कांग्रेसका नेताहरूलाई उठ्न र जागृत हुन आग्रह गरेका छन् ।
कांग्रेसको काँधमा अहिले ठूलो जिम्मेवारी आएको दाबी पनि आचार्यको छ ।
सुतेको कांग्रेसले देश बनाउन नसकेको अवस्थामा अब नवीन कांग्रेस बनाउन सबै जाग्नुपर्ने उनको आग्रह रहेको छ ।
‘अब कांग्रेस न हिजोको जस्तो हुनेछ न त आजको जस्तो हुनेछ । अब नेपाली कांग्रेस नदीजस्तो सलल बग्ने हुनुपर्छ,’ आचार्यले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका आचार्यले सूचना प्रविधिको माध्यमबाट देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।