कांग्रेस बलियो बनाउने अभियान सुरु भयो : प्रदीप पौडेल

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो बनाउने अभियान सुरु भएको बताएका छन् । 

विशेष महाधिवेशनले कांग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । 

उनका अनुसार विगतमा सबै आन्दोलन कांग्रेसले गरेको थियो तर भदौ २३ र २४ गते कांग्रेसलाई युवाहरूले सचेत बनाए ।

उक्त आन्दोलनले कांग्रेसलाई सच्याउन चुनौती दिएको पौडेलको दाबी छ । 

सोही आन्दोलनको म्यान्डेटअनुसार विशेष महाधिवेशनले नेतृत्व लिन पर्नेमा पौडेलको जोड छ ।

Share News