पृथ्वीनारायणले बनाएको यो देश फेरि नयाँ पुस्ताले समृद्ध बनाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आज राजा पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेको दिन भएको बताएका छन् । 

पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विचारले चल्ने दावी गरे ।

भण्डारीले हरेक आन्दोलनको नेता भएको कांग्रेसले त्यो इतिहास अहिले कायम गर्न नसकेको गुनासो गर्दै भने, ‘अब हामीले त्यो इतिहास जोगाउनुपर्छ ।’ 

अब नयाँ पुस्ता नै देशको नेता हुनुपर्ने आग्रह उनको छ ।

‘तपाईंहरूजस्तै युवा पृथ्वीनारायणले बनाएको यो देश फेरि नयाँ पुस्ताले समृद्ध बनाउनुपर्छ,’ उनले भने ।

Share News