काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म कुल उम्मेदवारमध्ये ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
नेता रामप्रसाद अधिकारीले महाधिवेशनस्थलमा नाम दर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिए ।
नाम दर्ता प्रक्रिया बिहानैदेखि सभ्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ ।
कांग्रेसको चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू रहेका थिए । विशेष महाधिवेशनमा चौधौं महाधिवेशनका प्रतिनिधिहरू नै प्रतिनिधि रहेका छन् ।