काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका नेता तथा व्यवसायी विनोद चौधरी पनि विशेष महाधिवेशनमा पुगेका छन् ।
पार्टीमा लामो समयदेखि सभापति शेरबहादुर देउवाका निकट रहेका चौधरी आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा पुगेका हुन् ।
चौधरी पूर्वी नवलपरासीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।