काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज खाएर कांग्रेसको भविष्य नचल्ने बताएका छन् ।
श्रेष्ठले कांग्रेसले इतिहासमा अत्यन्तै ठूला काम गरेको र ठूला आन्दोलनको नेतृत्व गरेको दाबीसमेत गरे ।
इतिहासमा गरेका क्रान्तिका ती कार्यको ब्याज खाएर बाँच्ने दिनको अन्त्य भएको श्रेष्ठको दावी छ ।
पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्वोधन गर्दै उनले आजको दिनले कांग्रेसलाई सच्याउने आशा गरेका छन् ।