काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ ।
पार्टीका महामन्त्रीहरूले दीप प्रज्ज्वलन र रुखमा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
नवयुवा आन्दोलनपछि पार्टीको एउटा समूहले केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गरेका थिए ।
संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत पुगेका छन्।
तस्बिरहरू :





















