काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले विशेष महाधिवेशनको निम्तो दिएका छन् । नेपाली कांग्रेसको असन्तुष्ट समूहले पुस २७ गते विशेष महाधिवेशनको आह्वान गरेको छ ।
पार्टीले आगामी वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशनको आह्वान गरेको छ । तर असन्तुष्ट समूहले भने पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशनको आह्वान गरेको छ ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यका अनुुसार विशेष महाधिवेशनमा ३ हजार महाधिवेशनले भाग लिने तयारी भएको छ । पार्टीको संस्थापन पक्षले भने उक्त कार्यक्रममा नजान पार्टीका कुनै सदस्यलाई उपस्थित नहुन आग्रह गरेको छ ।