काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।