१० लाख नमुना मतपत्र छापिए, अब समानुपातिकको २ करोड ८ लाख छपाइ हुने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो ।

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले मंगलबार र बुधबारमा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए ।

केन्द्रले बिहीबारदेखि समानुपातिकको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले २ करोड ८ लाख समानुपातिक मतपत्र छपाई हुने जानकारी दिए । 

Share News