काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दोस्रो विशेष महाधिवेशनलाई सहमतिमा नीति महाधिवेशन बनाउन सकिने बताएका छन् ।
पार्टीका पूर्वप्रवक्तासमेत रहेका केसीले पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई विभाजनबाट रोक्न सबै पक्षलाई लचक हुन आह्वान गरेका छन् ।
कुनै बहानामा विशेष महाधिवेशन नरोकिने दाबी गर्दै केसीले यसलाई पार्टी निर्माणको अवसरको रूपमा योग गर्नुपर्ने बताएका छन् ।
पार्टीको विधानले बाध्यकारी मानेको विषयलाई कसैले पनि लत्याएर यसबाट भाग्न नहुनेमा केसीको जोड थियो ।