काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १९५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।