उपकुलपति कार्की विकास नायकबाट सम्मानित

चिकित्सा र उच्च शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान

काठमाडौं । विकास नायक(२०८२ बाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा कार्कीलाई सम्मान गरेको हो । 

चिकित्सा र उच्च शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले कार्कीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

लामो समयदेखि नेपालको चिकित्सा र उच्च शिक्षा सुधारमा लागिपरिरहेका पात्र हुन् प्राध्यापक डा. अर्जुन कार्की । डा. अर्जुनले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा क्षेत्रमा रचनात्मक र नवप्रवर्तनको बिउ मात्रै रोपेनन्, पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानको स्थापना गरेर ग्राकिण केन्द्रित चिकित्सा शिक्षाको अभियान पनि थाले । उनले अहिले नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर काम गरिरहेका छन् । 

हजारौंलाई उपचार, चिकित्सा क्षेत्रका वेथितीको न्यूनीकरण र गरिब र विकटको विद्यार्थीले पनि चिकित्सक बन्न पाउने नीतिगत बाटो खोलेर चिकित्सा क्षेत्रमा नयाँ ट्रेण्डको सुरुवात गरेका डा. कार्कीले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पढाउन आवश्यक रहेको महसुस गर्दै नेपाल विश्वविद्यालय स्थापना गरे । अहिले उनी त्यही नेपाल विश्वविद्यालयको उपकुलपतिको रुपमा कार्यरत छन् । 

स्वास्थ्य सेवा र आफ्नो पेशाप्रति इमानदार डा. कार्कीले नेपाली उच्च शिक्षा र चिकित्सा क्षेत्रमा खेलेको भूमिका उल्लेखनीय र अनुकरणीय छ । 

Share News