विकास मिडियाले १० विकास नायक सार्वजनिक गर्दै

काठमाडौं । विकास मिडिया प्रालिले आज आइतबार ‘विकास नायक, २०८२’ सार्वजनिक गर्ने भएको छ । विकास बहस तथा विकाय नायक अवार्ड वितरण समारोह आयोजना गरी समाज र देश विकासमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न क्षेत्रका १० जना व्यक्तित्वलाई विकास नायकका रूपमा सार्वजनिक गर्न लागिएको हो ।

विकास नायक निर्णायक समितिले विभिन्न १० क्षेत्रलाई समेटेर विकास नायक छनोट गरेर सार्वजनिक गर्न लागिएको विकास मिडियाले जनाएको छ । राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासनमार्फत विकासमा योगदान पुर्याउने एक जना, उद्योग स्थापन सञ्चालन मार्फत बजार विस्तार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गर्ने एक जना, सिर्जनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक समृद्धिमा योगदान गर्ने एक जना विकास नायक सार्वजनिक गर्न लागिएको हो । 

यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण गर्दै उत्पादन तथा बिक्री व्यवस्थापनमार्फत कृषकको जीवनस्तर सुधारमा टेवा दिने एक जना, जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवर्द्धन गरेर जनतालाई लाभ पुर्याउने एक जना, शिक्षा, स्वास्थ्य र पर्यटन सेवा विकासमा महत्वपूर्ण योगदान गर्ने एक जना विकास नायक सार्वजनिक गर्न लागेको हो । 

त्यस्तै, बैक, बीमा लगायत वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गर्नेबाट एक जना, नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गर्नेबाट एक जना, खेलकुद, भाषा, साहित्य, कला, मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाउने र पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने पेशाकर्मीबाट एक÷एक जना गरी कुल १० जनालाई विकास नायक घोषणा गर्न लागिएको हो । 

Share News