कामना सेवा विकास बैंकद्वारा लहानका विपन्न परिवारलाई फाइबर सिरक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका–५ का गरिब, दलित तथा अति विपन्न परिवारलाई जाडोयाममा फाइबर सिरक वितरण गरेको छ ।

बैंकको लहान शाखा कार्यालयमार्फत आयोजित कार्यक्रममा मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीय बासिन्दालाई फाइबर सिरक वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका यस्ता कार्यक्रमले स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जाडोयाममा आवश्यक सहयोग प्राप्त भएको भन्दै स्थानीय बासिन्दाले बैंकको मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् ।

सिरक वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्षलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share News