हुन्डाईले पूरा गर्‍यो ५७ वर्ष, स्मार्ट र दिगो मोबिलिटीमा जोड

काठमाडौं । हुन्डाई मोटर कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ ।

स्थापना कालदेखि नै विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राखी उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको जनाएको छ ।

हुन्डाईले स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति निरन्तर प्रतिबद्ध रहँदै आएको बताउँदै, यो महत्वपूर्ण उपलब्धिको अवसरमा विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ ।

सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनी हाल २०० भन्दा बढी देशमा सञ्चालनमा रहेको विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो । कम्पनीले विभिन्न श्रेणीका सवारीसाधन तथा आधुनिक मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ ।

नेपालमा हुन्डाईको आधिकारिक वितरकका रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ । वितरक बनेदेखि नै कम्पनीले देशभर हुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बलियो आफ्टर–सेल्स नेटवर्क तथा दक्ष र प्रशिक्षित पेशेवर टोलीमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ ।

४५ हजारभन्दा बढी ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित हुन्डाई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमा यस कार्यक्रममार्फत हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गरिँदै आएको छ ।

नेपालप्रति दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यस कदमले स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।

‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणअनुसार हुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहक अनुभवलाई अझ समृद्ध बनाइरहेको जनाएको छ ।

Share News