दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको हायात प्लेस बुटवलको दावी

काठमाडौं । बुटवलस्थित हायात प्लेसले सञ्चालनको केवल दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ । 

प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको अनुपम संगम रहेको यस लोकेसनले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई विशेष रूपमा आकर्षित गरेको होटलको भनाइ छ। 

छोटो हवाई दुरीका कारण काठमाडौंबाट सहज पहुँचका साथै पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख गन्तव्यहरूसँगको नजिक हुनुले पनि हायात प्लेस बुटवल यात्रुहरूको ‘ट्रान्जिट हब’ का रूपमा स्थापित हुँदै गइरहेको जनरल म्यानेजर तुषार नगरले दावी गरे ।

उनका अनुसार हायात प्लेस बुटवल अब आराम, गुणस्तरीय सेवा र स्मरणीय अनुभवको खोजीमा रहेका यात्रुहरूका लागि संधै पहिलो रोजाइ बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ।

पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने लक्ष्यअनुसार हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको थियो ।

हायातको ‘पाहुनाको सत्कारमा कुनै कमी नराख्ने’ मूलमन्त्रलाई आत्मसात गर्दै हायात प्लेस बुटवलले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सेवाहरूको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । होटेलमा किंग र ट्विन कोठासहित फरेस्ट भ्यू तथा हिल भ्यूका विकल्पहरू उपलब्ध छन् ।

३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला गेष्ट–रुम र सुइटहरू रहेको यस होटलको मुख्य आकर्षण १ हजार ५६० वर्गफिट क्षेत्रफलमा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो । साथै १५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहित विविध कार्यक्रम तथा मिटिङका लागि आवश्यक संरचना पनि उपलब्ध गराइएको छ ।

होटेलले प्रदान गर्ने सुविधाहरूमा १०९ फराकिला गेष्ट–रुम, काम, विश्राम र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका ‘कोजी कर्नर’ सोफा–स्लिपर बेड, तातो तथा चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिनरात जुनसुकै बेला खाना पाउन सकिने ‘द मार्केट’, प्रिमियम बियर, वाइन, कफी तथा ककटेल पाइने ‘जिङ बार’ प्रमुख छन् । 

साथै पाहुनाले बिर्सिएका आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, निःशुल्क वाइफाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा किड्स प्ले एरियाजस्ता पारिवारिक सुविधा पनि उपलब्ध गराइएको छ ।

होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ बेनर्जीले सम्हालेका छन् । नगरले दैनिक सञ्चालन, कर्मचारी व्यवस्थापन तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्छन् । त्यस्तै, बेनर्जीले बुटवल क्षेत्रमा आउने यात्रु तथा मिटिङ आयोजकहरूलाई आवश्यक सेल्स सहयोग तथा सेवा प्रदान गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्  । 

Share News