बस्तुगत तर्फ अनुप मल्लको छुट्टै प्यानल

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा अनुप बहादुर मल्लले छुट्टै प्यानल दर्ता गरेका छन् । मल्लले बस्तुगत तर्फको उपाध्यक्षसहित ६ जना कार्य समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । मल्लको समुहबाट फेल्ट एसोसियसनका नरेशलाल श्रेष्ठ, नेपाल मत्स्य व्यवसायी संघका तर्फबाट तुल्सीराज गिरी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका सुरज बज्राचार्य, फ्रेड फरवार्डर्स एसोसियसनका [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा अनुप बहादुर मल्लले छुट्टै प्यानल दर्ता गरेका छन् । मल्लले बस्तुगत तर्फको उपाध्यक्षसहित ६ जना कार्य समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।


मल्लको समुहबाट फेल्ट एसोसियसनका नरेशलाल श्रेष्ठ, नेपाल मत्स्य व्यवसायी संघका तर्फबाट तुल्सीराज गिरी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका सुरज बज्राचार्य, फ्रेड फरवार्डर्स एसोसियसनका प्रकाश सिंह कार्की, केमिकल तथा मेडिकल इक्युपमेन्ट सप्लाई एसोसियसनका भक्त बहादुर हमाल र पशुपंक्षी व्यवसायी संघका हेमराज बरालले केन्द्रिय कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।


केन्द्रिय कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गरेका मत्स्य व्यवसायी संघका अध्यक्ष तुल्सीराज गिरीले आफुहरुले निर्वाचन जित्ने दावी गर्दै कुनै हालतमा उम्मेदवारी फिर्ता नगर्ने बताए ।

Share News