पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक

काठमाडौं । एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्नेछन् । 

सीमित अवधिको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले चार लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएका छन् । यो अफर एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ ।

ग्राहकहरूले देशभर रहेका आधिकारिक एमजी शोरूममार्फत यो एक्सचेन्ज योजना लिन सक्ने कम्पनीले जनाएको छ । 

नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यस योजनामार्फत पारामाउन्ट मोटर्सले विद्युतीय सवारी साधनलाई अझ सहज, किफायती र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ ।

इलेक्ट्रिक सवारी साधनप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूमा विशेष सुविधा उपलब्ध गराएको हो । यो अफर डिसेम्बर २५ देखि सुरु भइसकेको छ ।

Share News