जेफरी एपस्टीनसँग जोडिन सक्ने १० लाखभन्दा बढी फाइल अमेरिकी अधिकारीको कब्जामा

जेफरी एपस्टीन र उनकी महिला सहयोगी । फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी अधिकारीहरूले १० लाखभन्दा बढी दस्तावेजको सम्बन्ध यौन अपराधी जेफरी एपस्टीनसँग हुन सक्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार ती दस्तावेजहरू आगामी दिन र हप्ताहरूमा सार्वजनिक गर्ने योजना बनाइएको छ ।

अमेरिकी अनुसन्धान निकाय फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) र न्यूयोर्कका संघीय अभियोजकहरूले यी फाइलहरूको बारेमा न्याय विभागलाई जानकारी दिएका छन् ।

न्याय विभागले बुधबार भनेको छ, ‘हाम्रा वकिलहरू पीडितहरूको सुरक्षाका लागि कानुनी रूपमा आवश्यक संशोधन र समीक्षा गर्न चौबीसै घण्टा काम गरिरहेका छन्, र हामी यी दस्तावेजÞहरू सकेसम्म चाँडो सार्वजनिक गर्नेछौं ।’ 

विभागका अनुसार सबै फाइलहरू सार्वजनिक गर्न ‘अझ केही हप्ता’ लाग्न सक्छ । डिसेम्बर १९ सम्म एपस्टीन मामलासँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक नभएपछि न्याय विभागमाथि अनुसन्धान भइरहेको छ ।

नयाँ कानुनअनुसार विभागले तोकिएको समयसीमाभित्र यी दस्तावेजÞहरू सार्वजनिक गर्नुपर्ने थियो ।

Share News