काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधानले बस्तु तर्फको उपाध्यक्षमा शंकर पाण्डे र जिल्ला नगरको उपाध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

सोमबार मध्यान्ह प्रधान समुहले महासंघ सचिवालय टेकु पुगेर उम्मेदवारी दर्ता गराएको हो । यो समुहले एसोसियट तर्फको उपाध्यक्षमा भने चन्द्र ढकाललाई नै समर्थन गर्ने बताएको छ ।

उम्मेदवारी दर्ता कार्यक्रममा महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी पनि सहभागी थिए । जोशीले सबै उम्मेदवारहरुलाई माला लगाईदिएर विजयको शुभकामना दिएका थिए ।

महासंघको गरिमा र व्यवसायीक उन्नतिका लागि आफ्नो प्यानल चुनावी मैदानमा खडा भएको बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले बताए ।
