राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाने भएका छन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने चितवनको सहारा सहकारी ठगी प्रकरणमा तारिख बुझ्न मंगलबार (आज) चितवन जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।
लामिछाने बुद्ध एयरको विमानमार्फत चितवन जाने कार्यक्रम रहेको भए पनि मौसम खराबीका कारण उडान प्रभावित भएको छ ।
उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार बिहान ९ बजेका लागि टिकट भए पनि प्रतिकूल मौसमका कारण हालसम्म जहाज उड्न सकेको छैन ।
‘मौसम खराब हुँदा उडान रोकिएको छ, स्थिति सामान्य भएपछि मात्रै प्रस्थान हुनेछ,’ आचार्यले बताए।
लामिछानेमाथि विभिन्न सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी रहँदा उनी अदालतमा नियमित रूपमा उपस्थित हुँदै आएका छन् ।