सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामा २ लाख ६७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार सुन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबारदेखि सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउने क्रम जारी राखेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भई ४ हजार २५५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News