नेपाल बैंकले सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने

काठमाडौं । नेपाल बैंकले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने भएको हो । 

उक्त प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौं बिहान ११ बजे ६६औँ वार्षिक साधारण सभा बोलाएको छ । 

बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै, प्रबन्ध पत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

Share News