काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले महाधिवेशनको परिणामलाई हार र जितको रूपमा हेर्न नहुने बताएका छन् । पराजित भएका साथीहरूको यात्रा लामो रहेकोले पराजित नेताहरूलाई हतास नहुन उनको आग्रह छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष विष्टले महाधिवेशनमा पराजित नेताहरूले क्षमताअनुसार जिम्मेवारी प्राप्त गर्ने दाबी गरे ।
दुइटा प्यानलबाट प्रतिष्पर्धा गरेर पार्टीको लोकतान्त्रिक आचरणलाई निरन्तरता दिएकोले मत परिणामपछि हिजोको प्यानलको ह्याङलाई बिर्सनुपर्ने उनको भनाइ छ ।
नेता र नेतृत्व अस्थायी रहने हुनाले नीति मात्रै प्रधान रहने हुनाले नेतृत्वले आलोचना सुन्नुपर्ने विष्टले दावी ग रे ।
कम्युनिस्ट पार्टिमा नेता र कर्याकर्तामा रहेको ग्याप अन्त्य गर्न आफू लागि पर्ने घोषणासमेत उनले गरे ।
उनका अनुसार जनता र कार्यकर्ताले प्रश्न उठाए ती प्रश्न सुन्नुपर्छ ।
पार्टीको प्राण भनेको जनअनुमोदन भएको उनले ठोकुवा गरे ।