काठमाडौं । इसेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवाबाट बीमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउनेछन् ।
इसेवाका अनुसार यो अफर पौष १ देखि पौष ३० सम्म सञ्चालन हुनेछ । यस अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ताहरू स्वचालित रूपमा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । इसेवा एपमार्फत यी बीमा योजनाहरू घरमै बसि, केही क्लिकमै खरिद गर्न सकिन्छ ।
अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा खरिद गर्ने एक जना प्रयोगकर्ताले स्मार्ट वाच जित्ने अवसर पाउनेछन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ । विजेताको छनोट लकी ड्रमार्फत गरिनेछ ।
डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिद अब छिटो, सुरक्षित र झन्झटमुक्त भएको छ । यस अफर मार्फत इसेवाले प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा खरिद गर्न प्रोत्साहित गर्नुका साथै आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको इसेवाले जनाएको छ ।