काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले सो आर्थिक वर्षको सञ्चित तथा खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४ रुपैयाँ ७६ पैसाको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत १० प्रतिशत अर्थात् ४ करोड ७ लाख ६९ हजार २३० रुपैयाँ ४८ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५२३६ प्रतिशत अर्थात् २१ लाख ४५ हजार ७४८ रुपैयाँ ९७ पैसा बराबरको नगद लाभांश समावेश छ ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।