काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको बताए । भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताए । पुराना राजनीतिक दलहरुले दुःख दिएपनि नयाँले नदिने उनको दाबी छ ।
उनले भने, ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनुपर्छ । भत्केका संरचना बनाउनुपर्नेछ । टुटेका सपनाहरुमा आवाज दिनुपर्नेछ । यसरी हामी तयार भएर बसेका छौँ । पुरानाले दुःख दिए आजका नयाँहरुले दुःख दिने छैनन् । आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्वपूर्ण छ । सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा अध्याँरो देखिरहेको भन्दै अनुहार उज्यालो पार्न आग्रह गरे ।