काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२ जारी गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ बमोजिम उक्त अध्यादेश जारी गरेका हुन् ।
अध्यादेशमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुनी व्यवस्थामा आवश्यक संशोधन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यद्यपि अध्यादेशमा के कस्ता व्यवस्था संशोधन गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
अध्यादेश संसद्बाट प्रतिस्थापन नभएसम्म प्रभावकारी रहने संवैधानिक व्यवस्था छ ।