काठमाडौं । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको सेयर बुक बिल्डिङ प्रक्रिया मार्फत निष्काशनसँग सम्बन्धित काम–कारबाहीको निष्पक्ष छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबन)ले समिति गठन गरेको छ ।
बोर्डको शुक्रबारको निर्णयअनुसार गठन गरिएको समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । समितिको संयोजकत्व बोर्ड सदस्य विनोदकुमार भट्टराईले गर्नेछन् भने सदस्यमा बोर्ड सदस्यहरू आनन्दरराज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहेका छन् ।
समितिले आवश्यकताअनुसार अन्य व्यक्ति वा विज्ञलाई समेत आमन्त्रित गर्न सक्ने सेबनले जनाएको छ ।