उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । कुमारी बैंकले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ । 

यस सहकार्यले लक्षित समुदायमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता अभिवृद्धि र दिगो व्यवसाय निर्माणमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार कुमारी बैंक र वीनरक इन्टरनेशनलले संयुक्त रूपमा लक्षित समुदायका उद्यमीहरूको क्षमता विकासमा काम गर्नेछन् । 

यसअन्तर्गत उद्यमशीलता विकास, वित्तीय साक्षरता विस्तार, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण, साथै दिगो व्यावसायिक योजना निर्माणमा आवश्यक सीप र ज्ञान प्रदान गरिनेछ ।

दिगो बैंकिङ, वित्तीय समावेशीकरण तथा स्थानीय उद्यम सुदृढीकरणप्रति कुमारी बैंकको प्रतिबद्धता पुनः प्रष्ट पार्दै बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले यस सहकार्यबाट लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न बैंक निरन्तर प्रयत्नशील रहने बताए ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ। 

बैंकले आगामी दिनहरूमा पनि सेवाहरूलाई अझ सरल, सुलभ र उत्कृष्ट बनाउने उद्देश्यसहित यस्ता सहकार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Share News