काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार (आज) नेप्से १०.६६ अंकले बढेर २६१५.०३ विन्दुमा कायम भएको छ ।
आज ३२९ स्टकको ६४ हजार २९ पटक कारोबारमा १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार दुई स्टकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानेलको सेयरमा १० प्रतिशतले बढेको छ । त्यस्तै, बाराही हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमको आधारमा बाराही हाइड्रोपावरको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।