काठमाडौं । पशुपति भेन्चर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिहीबार भएको सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी जसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ ।