नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सुरु

काठमाडौं । नेपाल बैंकले आफ्ना कर्मचारी तथा खातावाल ग्राहकहरूलाई लक्षित गरी ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । 

बैंकको सेवा प्रदायक एफ वान सफ्टको सहकार्यमा सञ्चालन हुने यो अभियान पौष महिनाभरि लागू हुनेछ ।

अभियानअनुसार एनबीएल मोबाइल बैंकिङ एपमार्फत २०० रुपैयाँ वा सोभन्दा माथिको रकम टपअप गर्ने ८० जना ग्राहकलाई १०० का दरले बोनस प्रदान गरिनेछ । 

बोनसको घोषणा अभियान अवधि सकिएपछि गरिने बैंकले जनाएको छ ।

हाल बैंकसँग २३१ शाखा, २३७ एटीएम र ६१ एक्स्टेन्सन काउन्टरको नेटवर्क छ, जसमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान भइरहेको छ ।

बैंकले आफ्नो आधुनिक बैंकिङ प्रविधि र डिजिटल सेवा विस्तारमार्फत ग्राहक अनुभव सुधार्दै प्रतिस्पर्धी बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरूले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिई लाभ उठाइरहेका छन् ।

Share News