काठमाडौं । विश्व लगानीकर्ता सप्ताह– २०२५ को अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले देशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ ।
सिद्धार्थले लगानीकर्ता शिक्षा, डिजिटल वित्त तथा कृत्रिम बौद्धिकता (एआई), लगानी सम्बन्धी जोखिम र विद्युतीय माध्यमहरुबाट हुने ठगी न्यूनीकरणलाई केन्द्रमा राख्दै कार्यक्रम गरेको हो ।
सोही अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौंको पद्मोदय माध्यमिक विद्यालय र काठमाडौं क्रिकेट एकेडेमी, विराटनगरको साउथ एसियन स्कुल अफ होटेल म्यानेजमेन्ट, नेपालगञ्जको नेपाल मेडिकल एसोसियसन तथा बुटवलको एक्सिस कलेजमा लगानी सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा विवेकपूर्ण लगानी, जोखिम व्यवस्थापन, डिजिटल प्रविधिको सुरक्षित प्रयोग तथा लगानी सम्बन्धी ठगीबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो ।
विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष लगानीकर्ताहरूलाई सचेत, सुरक्षित र दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले विश्वभर मनाइन्छ ।
सिद्धार्थ क्यापिटलले लगानीकर्ता सशक्तिकरणमा निरन्तर योगदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।