काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको मतगणनामा पोखरेल पक्षका तीन पदाधिकारी सेफ जोनमा देखिएका छन् ।
उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले आफ्नो स्थान जोगाउने संकेत दिएका छन् । उपाध्यक्षमा विष्ट ७१३ मतसहित तेस्रो स्थानमा छन् । उपमहासचिवमा भट्टराई ७०९ मतसहित पहिलो वरीयतामा छन् ।
सोही समूहबाट सचिवमा अघि सारिएका नेता गोकुल बास्कोटा पनि ५२८ मतसहितसेफ जोनमा रहेका छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै पदाधिकारी संरचना स्पष्ट हुने र त्यसले एमालेको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।