यी हुन् महाधिवेशनमा मत नहाल्ने महाधिवेशन प्रतिनिधिहरू

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केन्द्रीय कमिटी, विभिन्न आयोग, विभाग तथा महाधिवेशन प्रतिनिधिसहित ३६ जना मतदानमा उपस्थित नभएको बुझिएको छ ।

निर्वाचन समितिका अनुसार केन्द्रीय कमिटीका ६ जना सदस्य मतदानमा अनुपस्थित रहे । मतदानमा नआउने केन्द्रीय सदस्यहरूमा मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिवहादुर राजवंशी छन् ।

त्यस्तै, अनुशासन आयोगका ४ जना पनि मतदान प्रक्रियामा सहभागी भएनन् । आयोग सदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल ९सुशील० मतदानमा अनुपस्थित रहेका छन् । प्रदीप प्याकुरेल भने मतदानस्थलमा उपस्थित भए पनि मतदाता कार्ड नभएकाले मतदान गर्न नपाएको जनाइएको छ ।

निर्वाचन आयोगका २ जना सदस्य समीर नेपाल र रचना राजोपाध्याय पनि मतदानमा सहभागी भएनन् । साथै लेखा आयोगका अशोक केसी मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, विभागतर्फका २ जना घनश्याम कोइराला र संजीव रोकाहा पनि मतदानमा उपस्थित भएनन् ।

महाधिवेशन प्रतिनिधितर्फबाट भने २० जनाले मतदान नगरेको विवरण सार्वजनिक भएको छ । मतदानमा अनुपस्थित रहने प्रतिनिधिहरूमा झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अशु आनन्द र मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरीसहित दानबहादुर विक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मीना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली छन् ।

निर्वाचन समितिका अनुसार अनुपस्थित सदस्य तथा प्रतिनिधिको कारणबारे विस्तृत विवरण संकलन भइरहेको छ । मतदान प्रक्रिया भने निर्धारित कार्यतालिका अनुसार नै अगाडि बढिरहेको आयोगले जनाएको छ  ।

Share News