सुनको मूल्य २ लाख ६० हजार नाघ्यो, चाँदीमा लगातार दोस्रो दिन रेकर्ड

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले वृद्धि हो ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने सुनले हालसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन अझै पनि ऐतिहासिक उच्चकै सूचीमा छ ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

लगातार दुई दिनदेखि चाँदीले नयाँ मूल्य रेकर्ड बनाउँदै गएको छ भने सुन पनि उच्च विन्दुको वरिपरि कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण मूल्यमा उतार-चढाव जारी रहने अनुमान गरिएको छ ।

Share News