काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल १३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ८.५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
साथै, लाभांशमा लाग्ने करका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांशबाट समायोजन गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।