एमाले महाधिवेशनः मतगणना सुरु भएन, १० वटा बुथ बनाउने

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको मतगणना सुरु हुन अझै आधा घण्टा लाग्ने भएको छ । बिहान ९ बजेसम्म परिणाम घोषणा गर्ने भनिए पनि समाचार तयार पार्दा सम्म मतगणना नै सुरु भएको छैन । 

सबै प्रशासनिक र प्राविधिक व्यवस्थापन गर्दा केही ढिला भएको निर्वाचन आयोगका सदस्य अधिवक्ता प्रबल शर्माले जानकारी दिए ।

शर्माका अनुसार साढे दस बजेसम्म अन्तिम परिणाम दिनेगरी काम अगाडि बढाइएको छ । प्रत्येक ८ वटा इभिएमलाइ एक बुथ बनाएर जम्मा १० वटा बुथमा गणना गरिने शर्माले जानकारी दिए । 

शर्माका अनुसार एक बुथको गणना सकिना साथ मत परिणाम सार्वजनिक गरिने छ । मत परिणाम सार्वजनिक गर्न ठूलो स्क्रिन समेत लगाइएको छ । स्क्रिनमा लाइभ मत परिणाम सार्वजनिक गरिने छ भने प्रत्येक बुथको मत परिणाम आयोगका प्रवक्ताले पनि निरन्तर गरिरहने छन ।

Share News