काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतदान सुस्त भएको छ । बिहान ९ बजेर २१ मिनेटबाट सुरु भएको मतदान ९ घण्टा बित्दासम्म ९८० जनाले मात्र मतदान गरेको निर्वाचन आयोगका सचिव डा. कुसाङ लामाले जानकारी दिए ।
अहिले समाचार तयार पार्दासम्म ८० जनाले मतदान गरिरहेका छन् ।
एमालेको ११ औं महाधिवेशनको निर्वाचनमा २ हजार २६२ मतदाता रहेका छन् ।