नेपाल चिकित्सक संघको चुनावी माहोल तात्यो, बद्री रिजाल र मंगल रावल आमनेसामने

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व छनोटका लागि चिकित्सकहरू दौडधूपमा लागेका छन् । 

आगामी माघ २ र ३ गते काठमाडौं उपत्यकाभित्र र १५, १६ र १७ गते उपत्यका बाहिर निर्वाचन गर्ने मिति सार्वजनिक गरिएसँगै चिकित्सकलाई चुनाव लागेको हो । 

आगामी नेतृत्वका लागि बुधबार (बुधबार) चिकित्सकहरू नामावली दर्ता गराएका छन् । जसमा प्रजातन्त्रवादी चिकित्सक समूहको तर्फबाट डा. बद्री रिजाल, प्रगतिशील समूहबाट डा. मंगल रावलले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।  

बद्री समूह

रिजालको प्यानलमा वरिष्ठ उपाध्यक्षका डा. सञ्जीव तिवारी, उपाध्यक्षमा सुदूरपश्चिम प्रदेशबाट डा. प्रमोद जोशी, कर्णालीबाट डा. सोभित, लुम्बिनीबाट डा. दिनेश चौधरी, गण्डकीबाट डा.नवराज लम्डारी रहेका छन् । 

यस्तै, बागमती प्रदेशबाट डा. बिना श्रेष्ठ, मधेशबाट डा. रोशन खड्का र कोशीबाट डा. अमित रञ्जन मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, रिजाल समूहबाट महासचिवका लागि डा. विश्वराज दुवाडी, सहसचिवका लागि डा. हुलास अग्रवाल र कोषअध्यक्षका लागि डा. संयुक्त आचार्य र सह कोषध्यक्षको लागि डा. तेजुसिंह मल्लको उम्मेदवारी परेको छ भने सदस्यका लागि डा. हिमलाल भण्डारी, सुवोध मिश्र, डा सोहित काफ्ले डा. प्रभुराम घिमिरे, डा. राकेश साह र डा. सुवाश भट्टराई रहेका छन् ।

मंगल समूह

यस्तै, डा. मंगल रावल समूहमा अध्यक्षका लागि स्वं डा. रावल, महासचिवका लागि डा. कालुसिंह खत्री, सहसचिवका लागि डा. रामजीवन प्रसाद, कोषाध्यक्षका लागि डा.चन्दनी जयसवाल र सह कोषध्यक्षका लागि डा. सुवास गुरुङको नाम दर्ता भएको छ । 

यस्तै, उपाध्यक्षका लागि भने सुदूरपश्चिम प्रदेशबाट डा निरज अर्या, कर्णाली प्रदेशबाट डा. रविन खड्का, लुम्बिनीबाट डा. सन्तोष पोख्रेल, गण्डकीबाट डा. यज्ञराज सिग्देलको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै, बागमती प्रदेशबाट डा. अरुण शाही, मधेशप्रदेशबाट डा. उदणनारायण सिंह र कोशी प्रदेशबाट डा. टंक बाराकोटीको उम्मेदवारी दर्ता भएको छ  भने सदस्यका लागि  डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्षा बोहरा, डा. पल्पसा श्रेष्ठ, डा. अमित झा र डा. अरुण उप्रेती रहेका छन् । 

चिकित्सक संघको विधानअनुसार केन्द्रीय कार्यकारणी समितिका लागि एक जना अध्यक्ष, प्रत्येक प्रदेशबाट ७ जना उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक-एकजना प्रादेशिक संयोजक रहने गरी महासचिव एक जना, सहसचिव एक, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र ६ जना सदस्य गरी जम्मा १९ जना र नेपाल चिकित्सक संघ परिषद सदस्य ६० जनाको हुने गर्छ । 

अब आउने नेतृत्वले २०८५ सालसम्म स्वास्थ्यका क्षेत्रमा काम गर्ने छ । 

Share News