काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०७ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ ।
महानगरले स्थापना दिवसको अवसरमा कला, संस्कृति तथा सम्पदा संरक्षण, साहित्य, पत्रकारिता र विपद्, खेलकुद लगायत क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्दै आएको हो।
पुरस्कृत हुनेहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार वितरण गरेकी हुन् ।
पुरस्कृत हुनेहरूमा कला साहित्य र सामाजिक सेवातर्फ धर्मलाल महर्जन, खेलकुद (कराते) तर्फ रवि महर्जन, कला र नृत्यतर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचारतर्फ नारायण किलम्बु, संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ, विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो ।
पुरस्कृत व्यक्ति र संस्थालाई एक/एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।