काठमाडौं । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धान प्रक्रियामा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म तामाङलाई आजैको मितिबाट उपाध्यक्ष पदबाट निलम्बन गरिएको हो ।
विज्ञप्तिमा कानुनी प्रक्रियालाई सम्मान गर्दै निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न पार्टीले यस्तो निर्णय लिएको उल्लेख छ।
घटनासम्बन्धी अनुसन्धान जारी रहेको र त्यसको निष्कर्षपछि थप निर्णय लिइने पनि पार्टीले जनाएको छ ।